歌词
ओ
भेटेँ तिमीलाई मैले कस्तो घडिमा
कोलाहल अनि सहरको यो भीडमा
चाहे तिमीलाई मैले यो जिन्दगीमा
हाँसोखुशीको के अर्थ तिमीबिना
रित्तो थिएँ म केवल, थियो निराशा अनि
मायाले दिएका चोटहरु नयाँ
मुस्कान साटीँ तिमीले आँखा जुधायौ
हराए म तिम्रा गहिरा ति आँखामा
तिमीलाई संसारको सारा खुशी
तिम्रै हातमा ल्याइ राखिदिउँ कि
तिमी आँखा जुधाउनु मेरा आँखा अघि
सुम्पिदिन्छु म जिवन तिम्रै नै हुँ भनि
ओ
सजिलै पाइन्न रहेछ माया, भाग्यलाई दोष म दिउँ कति
ओठमा हाँसो हराउँदा नि चलिरहन्छ है जिन्दगी
बाहिर देखिए झैँ कोलाहल मनभित्र नि हुन्छ नि
तिमीलाई पछ्याउँदै म आउँछु, तिम्रै छायाँ बनि
सजिलै पाइन्न रहेछ माया, भाग्यलाई दोष म दिउँ कति
ओठमा हाँसो हराउँदा नि चलिरहन्छ है जिन्दगी
बाहिर देखिए झैँ कोलाहल मनभित्र नि हुन्छ नि
तिमीलाई पछ्याउँदै म आउँछु, तिम्रै छायाँ बनि
तिमीलाई संसारको सारा खुशी
तिम्रै हातमा ल्याइ राखिदिउँ कि
तिमी आँखा जुधाउनु मेरा आँखा अघि
सुम्पिदिन्छु म जिवन तिम्रै नै हुँ भनिI